हावा, हनुमान, हामी

हावा

नभइ नहुने हुन पनि नहुने
५ सेकेन्ड सास रोक्न नसक्ने
हावा नहो न भन्ने
यसलाई के हावा पसेछ चासो सर्वत्र
हावा खालास् चेतावनी हरपहर

हनुमान

चालिसा बगलीमा
शाहस, शक्तिका प्रतिमूर्ति
हनुमान भयो हनुमानकारिता गर्यो
यो चाहिँ गाली भयो
हनुमान हुन राम खोजिएन
बदनाम हनुमान सदा

हामी

चिउँडामा मास्क
विज्ञ हरेक कुरामा ज्ञानी
सुन्ने, बुझ्ने छैन धैर्य
कमेन्ट ठोस्न तत्पर हरदम
केस कम हुँदा भय धेर
केस चरम हुँदा बाहिर निस्कनको बेर

सुधन सुवेदीका थप रचनाहरू हेर्नुहोस्

मेरो दारी दुनियाँलाई किन भारी?

दिनमा अनगिन्ति पटक देखिने, भेटिने फेसबुकका अनेक फिल्टरले त्यसमाथि बिर्सनै नदिने कसो कसो आफैं सेलिब्रेटी भएको भ्रम नै सही चमकदार अनुहार, हायऽ त्यो हाँसो हजारौँ लाइक्स, सयौँ कमेन्टस जिन्दगी देखभेट/भेटघाट डट कम   जसै समयले ३६० को फन्को लियो अनगिन्ती पुरा पढ्नुहोस्

के घर के अफिस के स्कुल

हतार हतार खाना गाडीको ढिन्च्याक गाना बाटाका अनगिन्ती कथाहरू जामका ब्यथाहरू चाँडै पुग्दा सधैँ पुगेको बखान ढिला हुँदा सटिक बहाना, बयान हाय अफलाइन जिन्दगानी ओहो त्यो सिर्जनात्मकता काम, कुरो,कथा गिट्टिकुटाइ भर्सन १.० टिरिङ टिरिङ घण्टी घर अफिसको दूरी छुम

पुरा पढ्नुहोस्

अर्को नयाँ वर्ष, उही पेट

दशैं ताकै उभिएर जुत्ता नदेखिँदा बसेर तुना बान्न नसक्दा ऐना हेरेर गर्जिदैं भनेको थिएँ  पख्लास पेटको बोसो न्यू इएरसम्म तेरो दोहोलो काढ्नेछु समय त झिरिप्पै भएछ नयाँ वर्ष फुस्स आइसकेछ तेसरी पेटलाई च्यालेन्ज देको केही दिन  लेमन विथ हनी खाइयो, सुप

पुरा पढ्नुहोस्

खाना भो

हतार हतार लम्किराख्दा बेगसँगै सुस्याउँदै टुङ्गो छिचोल्नै लाग्दा मुसुक्क मीठो स्वरमा तरङ्गिन्छ खाना भो ओठ तन्काइ बराबरको मुस्कान चेहरामा पोती भन्छु ‘अँ’ पेट भोकले क्वाइँ क्वाइँ गरेनी अँ फुत्त निस्किहाल्ने अटोमेटिक मोड अन भइहाल्ने ओठ तन्किहाल्न पुरा पढ्नुहोस्

माफ गर्नुस् म मोटै हो

धेरै वर्ष पहिले एकादेशको कथा हो वास्तवमा केही वर्ष अघिको यही देशको कुरो हो शारीरिक शिक्षा पढाउने सरले अन योर मार्क गराउँदा शुक्रबार लगाउने हाउस ड्रेस कस्सिएर हात नतन्किएर कसोकसो गर्न नसकेको खोखो खेल्न टुक्रुक्क बस्दा पटकपटक ब्यालेन्स गुमी भुइँमा पल्टिएको भर्खरै टिन एज टेक्नै लाग्दाको पुरा पढ्नुहोस्

प्रकाशित मिति: : 2020-06-20 21:15:00

प्रतिकृया दिनुहोस्