जापानले सबै आन्तरिक भ्रमण खुलाउने, एकसाथ हजार जना भेला हुन पाइने

जापानले सबै आन्तरिक भ्रमण खुलाउने निर्णय गरेको छ । 

जापानले गत मेदेखि नै मुलुकमा लागाइएको लकडाउन खुकुलो पार्न सुरु गरेको छ । पछिल्लो समय मानिसहरू काममा फर्किन थालिसकेको र बार तथा रेष्टुरेन्टहरु पनि खुल्न थालेकाले सरकारले सबै आन्तरिक भ्रमण पनि खुलाउने निर्णय गरेको हो ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसहरुलाई महामारीबाट थलिएको अर्थतन्त्रमा सुधारको लागि सहयोग गर्न आग्रह गरेका छन् ।

उनले भ्रमणमा निस्किँदा पनि मानिसहरुलाई भौतिक दुरी कायम राख्न आग्रह गरेका छन् ।

उनले  सामाजिक र आर्थिक गतिविधिमा संलग्न हुनका लागि सबैसँग आग्रह गरेका छन्। बिहीबार सम्बोधन गर्दै आबेले अब मुलुकमा एक हजार जना मानिस एकसाथ भेला भएर कार्यक्रम गर्न सक्ने बताएका छन् ।

प्रकाशित मिति: : 2020-06-19 12:41:43

प्रतिकृया दिनुहोस्