प्रहरी हिरासतमा शम्भु सदाको हत्या वा आत्महत्या ?

लोकान्तर

काठमाडौँ

अजय अनुरागी

प्रहरी हिरासतभित्र झुन्डिएको अवस्थामा शव बरामद भएका शम्भु सदाको मृत्यु भएको ८ दिनपछि परिवारजनले बुधवार दाहसंस्कार गरेका छन् । धनुषाको इलाका प्रहरी कार्यालय सबैलाको प्रहरी हिरासत कक्षमा रहेका सदाको शव जेठ २७ गते हिरासत कक्ष भित्रकै शौचालयमा झुन्डिएको अवस्थामा बरामद भएको थियो । असार २ गते प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकको टोलीले पोस्टमार्टम गरेपछि असार ३ गते उनको शवलाई दाहसंस्कार गरियो ।

दाहसंस्कारअघि सदाको शवलाई सबैला नगरपालिकाका विभिन्न गाउँहरू सबैला, रघुनाथपुरसहित परिक्रमा गराएर गराइएको थियो । 

जेठ १२ गते उनले चलाँउदै गरेको ट्रयाक्टरबाट एक जना महिलाको मृत्यु भएको थियो भने १ जना घाइते भएकी थिइन् । ट्रयाक्टरमा बालुवा ल्याउन धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित चारनाथ खोलामा जाने क्रममा रघुनाथपुरमा विपरीत दिशाबाट आइरहेकी दुई जना महिला किचिन पुगेका थिए ।

दुर्घटनामा परेर सबैला नगरपालिकाको रघुनाथपुर गाउँका समुन्द्रीदेवी साह र १२ वर्षीया बालिका सीताकुमारी साह घाइते भएका थिए । घाइते दुवै जनालाई नजिकैको गोदारस्थित अस्पतालमा लग्दा अस्पतालले समुन्द्रीदेवीलाई विराटनगर रिफर गरेको थियो । विराटनगर लैजाने क्रममा बाटोमा नै समुन्द्रीदेवीको मृत्यु भएको थियो । बालिका सीता उपचार पछि निको भएर घर फर्किन् ।

प्रकाशित मिति: : 2020-06-18 19:23:18

प्रतिकृया दिनुहोस्