जात व्यवस्था हटाउन भिडन्त गर्नैपर्ने भएको छ

थाहा खबर

काठमाडौँ

रुकुम  हत्याको तीन हप्ता बितेको छ। यो देशमा दलितहरूको पक्षमा वा विद्रोहको पक्षमा असाध्यै ठूलो काम आफैँले गरेझैँ गर्ने नेता छन्। उनको नाम हो पुष्पकमल दाहाल 'प्रचण्ड'। उनी तीन हप्तासम्म उक्त घटनाबारे मौन बसे, किनभने उनको मुखमा जनार्दन शर्मा नामको ठूलो ढुंगो बसेको थियो। तर  संसदले बनाएको एक समितिले उनलाई भेट्न गएछ।

भेटका क्रममा उनले भनेछन्, 'मलाई साह्रै दु:ख लागेको छ। मेरो पार्टीको तर्फबाट त्यो घटनाको अनुसन्धान गर्न पूरै सहयोग हुन्छ।' उनको पार्टीले सहयोग गर्छ भनिरहँदा उनको पार्टीले घटनाको सुरुदेखि नै प्रेम गरेका दुई जोडीलाई पुलिस थानामा लगेर अब नभेट्ने है भनेर कबुल गर्न लगायो। त्यसपछि उनको पार्टीबाट चुनिएको वडाअध्यक्षले गाउँमा आएका युवाहरूलाई लखेटेर मार्न लगायो।
 

प्रकाशित मिति: : 2020-06-17 15:18:38

प्रतिकृया दिनुहोस्