निर्माताहरू भन्छन्ः फिल्म खिच्ने अवस्था छैन, हलबाहेक रिलिज गर्ने ठाउँ पनि छैन

सेतोपाटी

काठमाडौँ

जुना श्रेष्ठ

महामारीपछि सिनेमा क्षेत्र पुरानै अवस्थामा फर्किन कति समय लाग्ला?

हाल यो क्षेत्रमा संलग्न निर्माता, निर्देशक, कलाकार, प्राविधिकदेखि सिनेमा हल व्यवसायीसम्मलाई यही प्रश्नले पिरोलिरहेको छ। लकडाउन खुकुलो हुन थाले पनि सिनेमा हल सञ्चालन हुने वा छायांकनको काम सुरू भइहाल्न अझै कति समय कुर्नुपर्ने हो, टुंगो छैन।

फिल्म छायांकन‍ समूहमा गर्नुपर्ने भएकाले स्वास्थ्य सुरक्षा कायम गर्दै काम गर्ने वातावरण बनाउने चुनौती बाँकी नै छ। यो संकटले सिनेमा क्षेत्रमा अल्पकालीन र दीर्घकालीन असर पार्ने जानकारहरू बताउँछन्।

फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार यस क्षेत्रमा ३५ हजारभन्दा बढी जनशक्ति जोडिएका छन्। गत वर्ष चैत ११ देखि लकडाउन सुरू हुँदा कयौं फिल्म सार्वजनिक हुने मिति तय भइसकेको थियो। केही फिल्म‍को छायांकन सकिएर पोस्ट प्रोडक्सनको काम भइरहेको थियो। यस्ता फिल्मको संख्या ४० भन्दा बढी रहेको उनी बताउँछन्।

प्रकाशित मिति: : 2020-06-16 08:28:24

प्रतिकृया दिनुहोस्