सरकारमाथि सदन र सडकबाट दबाब बढाउँदै लैजाने छौँ : गगन थापा

थाहा खबर

काठमाडौँ

सन्तोष अधिकारी
देशमा अहिले कोरोना महामारीको जोखिम बढ्दो छ। सरकारले गरेका काम कारबाही प्रभावकारी नभएको भन्दै जनगुनासो र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सधैँजसो भन्दै पनि आइरहेको छ। अझ यसमा युवानेता गगन थापा निक्कै अगाडि देखिन्छन्। यही सन्दर्भमा नेपाली कांग्रेसका सांसद तथा पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापासँग थाहाखबरकर्मी सन्तोष अधिकारीले गरेको संक्षिप्त कुराकानी :- 

सरकारले कोरोना रोकथाम गर्न १० अर्ब खर्च कहाँ कहाँ भयो भन्ने तपाईको प्रश्नमा प्रधानमन्त्रीको जवाफ दिँदै हिसाब हैन कोरोनाको चिन्ता गर्नुस भन्नु भएको छ, कस्तो लाग्यो  ? 

संसदमा मैले हाम्रो प्रधानमन्त्रीले धेरै कुरा थाहा पाउनु भएको छैन भनेर भनेको थिएँ। मैले भनेका यी अन्य यस्तै कुरालाई उहाँको त्यो दिनको भनाईले पुष्टि गर्याे। त्यो भन्दा पनि अत्यासलाग्दो कुरा के भयो भने प्रधानमन्त्री बोल्दै गर्दा प्रधानमन्त्रीको पार्टीको केही साथीहरु मौन रहनु भयो । केही साथीहरुले उहाँको समर्थन गर्दै टेबल ठटाउँदै उहाँलाई उक्साउनु भयो।
 

प्रकाशित मिति: : 2020-06-13 08:39:09

प्रतिकृया दिनुहोस्