जसपा : समावेशिताका लागि बनेको पार्टी नै असमावेशी

समावेशिताका लागि जन्मिएका राजपा र समाजवादी पार्टी मिलेर बनेको संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नै असमावेशी देखिएको छ। केही दिन अघि निर्वाचन आयोगमा दर्ता भएको जसपामा समावेशिता देखिएको छैन।

राज्यका सबै निकाय समावेशी हुनुपर्छ भन्ने मुल उद्देश्यका साथ जसपाको उदय भएको हो। तर, हालै गठन गरिएको केन्द्रीय समिति सबैभन्दा असमावेशी रहेको छ।  समावेशी सिद्धान्तका आधारमा कानुनले सुनिश्चित गरेअनुसार जसपाको केन्द्रीय समितिमा महिला, जनजाति, दलितलगायतको प्रतिनिधित्व गरिएको छैन।

तत्कालीन राजपा र संघीय समाजवादीबीच एकीकरण भएर बनेको जसपामा दुवै दलतर्फबाट केन्द्रीय कार्यसमितिमा ५२ जना सदस्य छन्। तर, संवैधानिक र कानुनी व्यवस्थाको उपहास गरी जातीय, क्षेत्रीय, लैगिंक तथा भौगोलिक समावेशिता केन्द्रीय समितिमा मिलाइएको छैन।

प्रकाशित मिति: : 2020-06-12 14:38:57

प्रतिकृया दिनुहोस्