डा. तीर्थबहादुर श्रेष्ठ
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको 'रजत जयन्ती-२०३९' को प्रकाशन माला नं. ३ मा प्रकाशित 'आफैलाई पढ' भन्ने कविताको माथिका पङ्क्ति पढेपछि नेपाल देश, बाहखरीका सबै अक्षर र मात्राहरूको संयोजन मिलाएर बसेको एउटा खुला पुस्तकको रूपमा भेटिन्छ।
अहिले प्रज्ञा-प्रतिष्ठान स्वर्ण जयन्तीको सङ्घारमा पुग्दा ती थुम्का, गाउँ र बेंसीहरू एकपल्ट पढी हेर्ने रहर पलायो। यही बेला कवि कालीप्रसाद रिजालले 'हेलिकोप्टर उडेको रात' राष्ट्रिय कविता महोत्सव-२०६२ को सन्दर्भमा ८ असारका दिन प्रज्ञा भवनमा वाचन गरे।
उनको त्यो कविता सुन्दा मेरो जस्तै धेरैको हंस उड्यो होला। तैपनि 'आफ्नो छातीलाई उत्खनन् गरेर' एकपटक पढी हेरौं नेपाललाई।
साँच्चै नै नेपालको भूस्वरूपलाई नियालेर हेयौं भने विशाल हिमालयको कान्नानीको रूपमा महाभारत पर्वतलाई पाउँदछौं। पहाड-पर्वतलाई फेरो मार्दै बग्ने नदी र नालाहरू तर्कल्ले र बर्धन्ने झैं विभिन्न दिशामा छन्। टाढा क्षितिजमा देखिने धौलागिरि, मकालु र सगरमाथाको शिखरहरू कुनै अक्षरमाथि टाँगिएका मात्राहरूजस्तै डिकमारी बसेका छन्।