बिएल संवाददाता
पेरुमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख नाघेको छ।
अहिलेसम्ममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख तीन हजार ७३६ पुगेको पेरुको स्वास्थ्य मन्त्रालय बताएको छ।
मन्त्रालयका अनुसार मंगलबार मात्र पेरुमा कोरोनाका ४ हजार ४० नयाँ संक्रमित फेला परेका छन्। मंगलबार पेरुमा कोभिड–१९ को कारण १६७ जनाको मृत्यु भएको छ। यससँगै पेरुमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि पाँच हजार ७३८ पुगेको छ।
पेरुमा कोरोनाको पहिलो संक्रमित मार्च ६ मा फेला परेका थिए। संक्रमित संख्याको हिसाबमा पेरु दक्षिण अमेरिकामा ब्राजिलपछि सबैभन्दा प्रभावित मुलुक हो।
ब्राजिलमा संक्रमितको संख्या अमेरिकापछि विश्वमै सबैभन्दा धेरै छ। जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसारस दक्षिण अमेरिकी देश ब्राजिलमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख ३९ हजार भन्दा धेरै पुगेको छ। त्यसमध्ये ३८ हजार चार सय भन्दा बढीको मृत्यु भएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया