नेपाल-भारत सम्बन्ध बिगार्ने शत्रु र सुधार्ने सूत्रहरू

थाहा खबर

काठमाडौँ

किशोर विश्वास
लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत झण्डै ४ सय वर्ग किमी छुटेका भूभाग समेटेर मन्त्रिपरिषद्ले‍ जेठ ५ गते पारित गरेको नयाँ नक्सा गत जेठ ९ मा सार्वजनिक गरिसकिएको छ। संविधानको अनुसूची-३ मा रहेको निशाना छाप संशोधनकालागि संविधान नै संशोधन गर्नुपर्ने भएकाले यतिबेला यो विषय संघीय संसदमा दर्ता भइसकेको छ।

संविधान संशोधनकालागि दुई तिहाई बहुमत आवश्यक पर्ने भएकाले संसदीय जोडघटाउको कुराले पनि महत्व पाएको छ। सत्तारुढ नेकपा यसलाई तत्काल पारित गर्न तयार देखिन्छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको समर्थन संस्थागतरुपमा निर्णय गरिसकेको छ। राप्रपा, नेमकिपा र राजमो लगायतका दलले पनि नयाँ नक्साको पक्षमा मत दिने बुझिन्छ। यसरी हेर्दा नेपालको नक्सा दुईतिहाइ बहुमतले पारित हुने पक्का जस्तै भएको छ।
 

प्रकाशित मिति: : 2020-06-09 20:41:52

प्रतिकृया दिनुहोस्