बिएल संवाददाता
धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन्।
प्रतिष्ठानले मंगलबार बिहान चौथोपटक अस्पतालबाट एकैपटक ठूलो संख्यामा संक्रमण डिस्चार्ज गरेको हो।
उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएका प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। र्डिउनका अनुसार स्चार्ज हुनेमा सबै झापाका १८ वर्षदेखि ५६ वर्ष उमेर समूहका पुरुष रहेका छन्।
मंगलबारसम्म धरानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ। प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ११८ पुगेको छ।
प्रतिष्ठानमा हाल ५५ जना कोभिड–१९ का बिरामी छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।
प्रदेश १ मा २७७ जना कोरोना पोजिटिभ छन्। कोरोना पुष्टि भएकामध्ये १५९ जनाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया