क्वारेन्टाइनमै किन गइरहेको छ मानिसको ज्यान ?

थाहा खबर

काठमाडौँ

अतिन आचार्य
डोटीको केआई सिंह गाउँपालिका-३ स्थित सीताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको आइतवार मृत्यु भयो। उनी भारतको लुधियानाबाट एक साताअघि मात्रै नेपाल आएर ६ दिन अघिदेखि गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए।

त्यसैगरी, सप्तरीमा कोरोना लक्षण देखिएकी ३८ साताकी एक गर्भवती महिलाको जेठ १३ गते मंगलबार बिहान मृत्यु भयो। अस्पतालले अत्यधिक रक्तश्रावको कारण गर्भवतीलाई होम क्वारेन्टाइनमा सुरक्षित बस्‍न पठाएको थियो। तर,उनले उपचार नै नपाई ज्यान गुमाउनु परेको थियो। 

भारतमा कोरोनाको त्रास बढेपछि यतिखेर नेपाली कामदार स्वदेश फर्किएर स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन्। मुलुकभरको सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ।
 

प्रकाशित मिति: : 2020-06-08 09:16:23

प्रतिकृया दिनुहोस्