बिएल संवाददाता
इटालीलाई पछि पार्दै भारत कोरोना भाइरस (कोभिड–१९) का कारण संसारका सबैभन्दा खराब मुलुकहरुको सूचीमा छैटौं स्थानमा उक्लेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म २ लाख ६४ हजार १ सय ८४ जना कोरोना भाइरस संक्रमित रहेका छन्।
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दैनिक बढ्दो छ। शुक्रबार २ सय ९५ जना मानिस कोरोनाका कारण ज्यान गुमाएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।
विश्वका सबैभन्दा खराब मुलुको सूचीमा अमेरिका रहेको छ। अमेरिकामा १८लाख ९४ हजार ७ सय ५३ संक्रमित छन्।
दोस्रोमा रहेको ब्राजिलमा ६ लाख १४ हजार ९ सय ४१ जना संक्रमित छन्।
तेस्रो स्थानमा रहेको रसियामा ४ लाख ४९ हजार २ सय ५६ संक्रमित छन्।
चौथो स्थानमा रहेको बेलायतमा संक्रमितको संख्या २ लाख ८४ हजार ७ सय ३४ छन्। त्यसैगरी पाचौंमा स्पेन रहेको छ। स्पेनमा २ लाख ४० हजार ९ सय ७८ संक्रमित छन्।
जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर कोरोना भाइरसबाट ६७ लाख २४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। त्यसमध्ये तीन लाख ९४ हजार भन्दा बढीको ज्यान गएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया