बुधबार, १७ डिसेम्बर २०२५

काभ्रेका ५ जनामा कोरोना संक्रमण पुष्टि

News Image
• • •

काभ्रेपलाञ्‍चोकमा ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। रोशी गाउँपालिकामा ३ जना, पाँचखाल र पनौती नगरपालिकामा एकरएक जनामा संक्रमण देखिएको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्ला कमान्ड पोस्टले जानकारी दिएको छ।

रोशीका तीनै जना संक्रमित क्वारेन्टाइनमा छन्। पाँचखालका स‌ंक्रमित भने शुक्रबार क्वारेन्टाइनबाट घर गएका थिए।

पनौतीका संक्रमित व्यक्ति भने धुलिखेल अस्पतालमा रहेका छन्। उनी  पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रियाका लागि भर्ना भएका थिए। शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!