बिएल संवाददाता
प्रदेश १ बाट थप बिहीबार ३० जना कोरोनाभाइरस (कोभिड—१९) संक्रमणमुक्त भएका छन् ।
विराटनगरको कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत् २७ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन्। रिपोर्ट नेगेटिभ आएपछि उनीहरु बिहीबार डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेहरुमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक जना छन्। उनीहरु मध्ये ६ महिला र २२ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।
यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना छन्। हाल प्रदेश १ मा १२३ जना कोभिड–१९ पुष्टि भएकाहरुको उपचारर भइरहेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया