बुधबार, १७ डिसेम्बर २०२५

सुदूरपश्चिममा थप ५ जनामा संक्रमण, संक्रमितकाे संख्या ७८ पुग्याे

News Image
• • •

सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीका ३  र वैतडीका २ गरी ५ जनामा कोरोना पुष्टि भएको हो।

नयाँ थपिएका मध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका ५ का हुन्।

यस्तै डोटीको पूर्वीचौकी ४ का २२ वर्षीय युवक  र ७ का २५ वर्षीय युवक पनि कोरोना पुष्टि भएको छ।

नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!