दैलेखका थप ८ जनामा काेराेना संक्रमण, कर्णालीमा संक्रमितको संख्या ४६ पुग्याे

दैलेखमा थप ८ जना कोरोना भाइरसकाे संक्रमित फेला परेका छन्। प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा संक्रमण देखिएको हाे।

दैलेखको नारायण नगरपालिका वडा नं १. ३, ४ र ५ का उनीहरुमा बिहीवार संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बिएल नेपाली सेवालाई जानकारी दिए।

योसँगै कर्णालीमा संक्रमितको संख्या ४६ पुगेको छ। अहिलेसम्म कर्णालीका सुर्खेत र दैलेखमा मात्रै संक्रमित भेटिएका छन्।

प्रकाशित मिति: : 2020-05-28 12:50:43

प्रतिकृया दिनुहोस्