आगामी आर्थिक बर्षको बजेट आज प्रस्तुत हुने

बिएल संवाददाता

काठमाडाै‌ं

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आउँदो आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै छन्। 

संसद बैठकमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ बजेट प्रस्तुत गर्नका लागि सबै तयारी पूरा भएको जनाइएको छ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन्।

मन्त्री खतिवडाले संघीय संसदको संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) बैठकमा बेलुका चार बजे बजेट प्रस्तुत गर्ने तायरी छ।

सरकारको नीति तथा कार्यक्रमका आधारमा केही महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनालाई सरकारले विशेष ध्यान दिने भएको छ। 

आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण (डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ। निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना सुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चालु आर्थिक वर्षको भन्दा झण्डै ६ अर्ब कम हुने गरी ७५ अर्ब बराबरको बजेट सिलिङ तोकिएको छ।

आगामी आर्थिक वर्षमा स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशीलगायतका केही महत्वपूर्ण आयोजना सम्पन्न हुने देखिएको छ।

प्रकाशित मिति: : 2020-05-28 09:28:12

प्रतिकृया दिनुहोस्