बिएल संवाददाता
बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो।
पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको हो।
बागलुङ जिल्लाको बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेक १९ र २० वर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
त्यस्तै, तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार जना पुरुषमा समेत कोरोना भाइरसको संक्रमण देखिएको हो।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगका अनुसार, सुनौली नाकाबाट उद्धार गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो।
तमानखोला गाउँपालिकामा संक्रमित ४ जनासँगै ८ जना आएको अध्यक्ष जोकलाले जानकारी दिए। बाँकीको कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको र उनीहरुसहित १४ जना गाउँपालिजकाको क्वारेन्टाइमा रहेको उनले बताए।
संक्रमण पुष्टि भएका सबैलाई बागलुङमा रहेको जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद विन्दु शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ। तीमध्ये बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन्। मंगलबारमात्र स्याङ्जाको वालिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया