बिएल संवाददाता
रुसमा कोरोना भाइरसका कारण संक्रमित भएकाहरुको संख्या झण्डै तीन लाख पुगेको छ। पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै आठ हजार ५०० नयाँ संक्रमित थपिएका छन्।
त्यसैगरी मृत्यु हुनेको संख्या २ हजार ९७२ रहेको पुगेको छ। एकै दिनमा १३५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको संख्या लगभग ३ हजार पुगेको अधिकारीहरुले जनाएका छन्।
विश्वमै धेरै संक्रमितहरु रहेको मध्ये दोस्रोमा रुस परेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। देशको राष्ट्रिय कोरोना भाइरस नियन्त्रण केन्द्रले विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार धेरै संक्रमितहरु रहेका देशहरुको सूचीमा रुसभन्दा अगाडी अमेरिका रहेको छ।
अमेरिकामा अहिलेसम्म १४ लाखभन्दा बढी नागरिक कोरनोभाइरसबाट संक्रमित भइसकेका छन्। ती मध्ये आठ हजार ७६४ जना त पछिल्लो २४ घण्टामा थपिएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया