‘समृद्ध नेपाल सुखी नेपाली’ वर्तमान सरकारको मुल नारा छ। आगामी आर्थिक वर्ष २०७७/०७८ मा समेत नीति तथा कार्यक्रममा केही नयाँ सहित र पुराना कार्यक्रमले निरन्तरता पाएका छन्। कोरोना महामारीका बीच सरकारले ल्याएको नीति तथा कार्यक्रमका प्राथमिकता बदलिएका छन्। देशमा विद्यमान गरिबीको मापन गरी गरिबी अन्त्यका लागि सरकारले रोजगारीको व्यवस्था र आर्य आर्जनका कार्यक्रम सञ्चालन गरिनेछ।
अब नेपालमा गरिबीको कारणले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ यो सरकारको प्रतिबद्धता हो। उक्त बुँदामा भनिएको छ। गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ९० औँ बुँदामा सरकारले प्रस्तुत गरेको निकै महत्वकाक्षी सपना हो।
मंगलबारको प्रतिनिधि सभा बैठकमा समेत प्रधानमन्त्री केपी शर्मा ओली सुखी नेपाली र खुसी नेपालीको परिभाषा पढाउँदै थिए। सांसदहरुलाई मानिसमा खुसी क्षणिक रुपमा हुने र सुख दीर्घकालिन हुने उनले बताए। त्यही भएर सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को कल्पना गरेको उनको जिकिर थियो। उनी संसद भवनमा दुनिया हसाइरहेको बेला यहाँका एक नागरिक भने भोको पेट दुःख थाप्न नसकेर धरधरी रोइरहेका थिए।
आफूलाई चितवन निवासी बताउँने एक दम्पति कोहलपुरमा बेवारिसे अवस्थामा भोकभोकै बस्न बाध्य छ। लामो समयको बन्दाबन्दीका कारण उक्त दम्पतिको विचल्ली नै भएको छ। ‘२० वर्ष जति भयो यहाँ बस्न थालेको छ। दुर्घटनामा परेर टाउकोमा समस्या छ। श्रीमती समेत विरामी छन्। छोराछोरी पनि म सँगै बस्नछन्। खाना नखाएको धेरै दिन भइसक्यो,’ मंगलबार कोहलपुर नगरपालिका वडा नम्बर ११ को हरियाली मार्गमा भेटिएका उनी रुदै बिलौना गर्दै थिए।
शिरमा ढाका टोपी, शरिरमा पुराना कपडा खुट्टा चप्पल,हातमा लट्ठी काँधमा एक झोला भिरेका उनी बिएल नेपाली सेवाले बाटोमा रोइरहेको अवस्थामा भेटाउँदा धेरै दिनको भोकले बोल्न र निर्वात हिड्ने अवस्थामा समेत थिएनन्। उनी हुन्, चितवनको बसन्तपुरका विजय माझी।
उनले बताए अनुसार माझी चितवन कै हुन र कोहलपुरमा लामो समयदेखि बस्दै आएका छन्। उनी यहाँका विभिन्न क्षेत्रमा ज्याला मजदुरी गर्ने, होटलमा भाडा माझ्ने र माग्दै दैनिकी गुजारा गर्दै आएका छन्।करिब दुई महिना लामो बन्दाबन्दीले उनको परिवारमा भोकमरी मात्रै छाएको छैन।बिचल्ली नै भएको छ। दुई दिनदेखि आफू बस्ने त्रिपालमा खानेकुरा केही भएपछि बजारमा माग्दै आएका रहेछन्। उनी कोहलपुरको चौराहा नजिकै रहेको मन्दिरमा बेवारिसे अवस्थामा बस्दै आएका छन्। ‘दुई दिन भएको केही पनि नखाएको ,भोकमरीले मरिने भयो। भोको पेट कति दिन बाच्नु ’, रुदैँ उनले भने,‘भोको पेट कति दिन बस्ने होला थाहा छैन एक जनाले चामल दिएका थिए। यो चामल पकाउने पनि केही छैन।’
पहिला विभिन्न ठाउँमा काम गरेर भाडाँ माझेर खाने गरेको भएपनि अहिले भने बन्दाबन्दी पछि कुनै पनि ठाउँमा काम नपाइएको उनको भनाई छ। एउटा भएको त्रिपाल समेत च्यातिएकोले खुला आकाश मुनी बसिरहेको उनले बताए। उनी भन्छन्, माग्न जादाँ कसैले दिदैनन्, दुव्र्यहार गर्छन्। म मरे भनेपनि मेरो श्रीमती छन्। छोराछोरी छन्। उनीहरुको हालत के होला। यस्तै हो भने कहिले मरिने हो मैले ढारेर भनेको होइन्।’
उनी विगत लामो समयदेखि बस्र्दै आएको स्थानीय तह कोहलपुर नगरपालिका मानव सहयोगापेक्षी स्थानीय तहको हो। भने बन्दाबन्दीको समयमा मात्रै कोहलपुर नगरपालिकाले एक करोड बढी राहत बाडेको भर्खरै सार्वजनिक गरेको थियो। तर उनी जस्ता यस्ता धेरै मानिसहरु भोक भोक दिनदिनै रोइरहेका छन्। उनका अनुसार अहिले सम्म कसैले पनि सहयोग गरेका छैनन्। उनी बस्ने मन्दिरबाट कोहलपुर नगरपालिकाको कार्यालय पुग्न एक मिनेट पनि लाग्दैन। चौराहामा दैनिक सुरक्षाकर्मी खटिएका हुन्छन्। कसैले पनि उनको चित्कार सुन्दैन। ‘कसैले हेला गर्छन्। कसलै माग्न जादाँ टिठ मानेर दिन्छन्।त्यही लिएर जान्छु। श्रीमती र बालबच्चालाई दिन्छु।’ उनले भने। उनले आफू आफ्नो घर चितवन जान खोजेपछि जान नपाइएको गुनासो गरे। घर फर्कन चाहे पनि बन्दाबन्दीका कारण जान नपाएको उनले बताएका छन्। बेवारिसे अवस्थामा रहेका उनलाई प्रहरीले उद्दार गर्यो।
कोहलपुर नगरपालिकाले भारतीय नागरिक सहित १ करोडको राहत वितरण गरेको भनिए पनि बेवारिसे रुपमा बस्दै आएका यस्ता नागरिकले राहत नै पाएका छैनन्। जुन निकै विडम्बना युक्त हो। यस विषयमा प्रतिक्रिया लिन खोज्दा कोहलपुर नगरपालिकाका प्रमुख फोन उठेन। देशभर दैनिक लाखौँको संख्यामा मानिसहरु भोको बस्न बाध्य छन्।
यो पनि हेर्नुहोस्