बिएल संवाददाता
छिमेकी जिल्लामा कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अर्घाखाँचीसँग सीमा जोडिएका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै नाका बन्द गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाका अर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । कपिलवस्तुसँगको पत्थरकोट, पाल्पाको तीनगीरे, गुल्मीका नेटा र सौतामारे, प्युठानको ढाकावाङलगायत क्षेत्र बन्द भएका छन् ।
बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै तरकारी, दूध, किराना र मासु पसल बिहान ७ देखि १० बजेसम्म खोलिने छ ।
अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित फेला नपरे पनि भारतलगायत मुलुकबाट आएर क्वारेन्टिनमा बस्ने १५० हाराहारीमा भएको बताइएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया