बिएल संवाददाता
कञ्चनपुरको नेपाल भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा रोकिएका ६३ जनाको कोरोना भाइरस परीक्षणका लागि आज नमूना सङ्कलन गरिएको छ ।
भारतबाट विभिन्न ठाउँबाट फर्केकाहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब लिइएको हो । सङ्कलित स्वाबका नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।
भारतबाट शुक्रबार आएका महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा ३६ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा २७ जना रहेका छन् । भारतमा रोजगारीमा गएकाहरु बन्दाबन्दीका कारण रोजगारी गुमेपछि स्वदेश फिर्ता हुनका लागि सीमा क्षेत्रमा पुगेका हुन् ।
सीमा नाकाको दशगजा क्षेत्रमा रहेका सबै जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि सेती अस्पताल धनगढी पठाई सकिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए ।
यसैबीच, कञ्चनपुरका नागरिक अगुवाहरुले सीमा क्षेत्र र भारतका विभिन्न भागमा अलपत्र परेका नेपालीलाई सुरक्षाका सबै उपाय अवलम्बन गरी उद्धार गर्न माग गरेका छन् ।
कञ्चनपुरका प्रजिअ नुरहरि खतिवडालाई ज्ञापनपत्र बुझाउँदै नागरिक अगुवाले भारतीय भूमिमा अलपत्र परेका नेपालीको सीमा नाकामा आरडिटी परीक्षण गरी सुरक्षित तरिकाले स्वदेश फिर्ता ल्याउन माग गरेका हुन् । भारतबाट आयात हुने तरकारी, फलफूल, कोइलालगायतका वस्तुको ढुवानी सुरक्षित नभएको उहाँहरुको भनाइ थियो ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ खतिवडाले भारतीय भूभागमा अलपत्र परेका नेपालीको सुरक्षित तरिकाले उद्धारका लागि गृह मन्त्रालयसँग छलफल भइरहेको बताए ।
भारतीय सीमावर्ती जिल्लाका प्रमुखहरुसँग क्वारेन्टिनमा रहेका नेपालीको सङ्ख्या र अवस्थाका बारेमा जानकारी लिने कार्यसमेत भइरहेको उनले बताए ।
भारतमा रेल सेवा सञ्चालन भएपछि नेपाल फर्कनका लागि आएका नेपालीको सङ्ख्या सीमावर्ती भारतीय बजारमा बढ्न थालेको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया