हङकङमा २४ दिनपछि भेटिए दुई कोरोना संक्रमित

हङकङमा २४ दिनपछि दुई कोरोना भाइरस संक्रमित फेला परेका छन्।   कोरोना भाइरसका संक्रमितहरु फेला पर्न थालिएपछि हङकङमा सामाजिक दूरीका नियमहरूमा लागू गरिएको थियो। 

तर पछिलो पटक ५५ वर्षीया महिला र उनको पाँच वर्षीया नातिनीमा काेराेना भाइरसकाे संक्रमण रहेको खुलेको छ। अहिले सरकारी अधिकारीहरु वृद्ध महिला कसरी संक्रमित भइन् भनेर पत्ता लगाउने प्रयास गरिरहेका छन्।

डा. चुंग शुक–क्वानले पत्रकारसँग भने, ‘महिला र उनको परिवारको कुनै विदेश यात्रा गरेका छैनन्। विगत तीन हप्तामा विदेशबाट आएका २४ व्यक्तिहरुमा मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको छ। तर उनीहरुलाई अलग–अलग स्थानमा राखिएको छ।’ 

नयाँ संक्रमित फेला परेसँगै हङकङमा पुनः जोखिम बढेको छ। यसको मुख्य कारण निकटता र मुख्य भूमि चीनसँगको सम्बन्धलाई लिने गरिन्। हङकङमा  एक हजार कोरोना संक्रमितको मृत्यु  भएको छ। र यहाँ चार व्यक्ति निको भएर घर फर्किएका छन्। 

प्रकाशित मिति: : 2020-05-14 21:43:14

प्रतिकृया दिनुहोस्