नारायणी अस्पतालबाट भागेका दुई कोरोना संक्रमित मध्ये एक प्रहरी नियन्त्रणमा

नारायणी अस्पतालबाट बुधबार दिउँसो भागेका दुई कोरोना भाइरस संक्रमित मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कोरोना भाइरस संक्रमित उनीहरु दुबैजना नारायणी अस्पतालमा रहेको दोस्रो तल्लाको आइसोलेशनबाट हाम फालेर बुधबार दिउँसो भागेका थिए।

अस्पतालको आइसोलेशनबाट भागेका दुई जना मध्ये एक जनालाई नियन्त्रणमा लिएको पर्साकी प्रहरी उपरीक्षक गंगा  पन्तले जनकारी दिइन्।

उनलाई वीरगञ्जको तिलावे पुलबाट नियन्त्रणमा लिइएको पन्तले बताइन्।

अस्पतालबाट भागेका अन्य एकको भने खोजी कार्य भइरहेको पन्तको भनाइ छ।

अस्पतालबाट भागेका दुवै संक्रमित वीरगञ्ज महानगरपालिकाकै हुन। उनीहरुलाई मंगलबार अस्पतालको आइसोलेशनमा राखिएको थियो।

प्रकाशित मिति: : 2020-05-14 06:22:13

प्रतिकृया दिनुहोस्