बिएल संवाददाता
लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीलगायत पक्राउ परेका छन् ।
मंगलबार बिहान लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने गएका पहाडीलगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदर्शनमा उत्रिएकाहरूले ‘लिपुलेक सडक निर्माण तत्काल रोक’, ‘अतिक्रमण बन्द गर’ ‘लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो’, ‘भारतीय सेना फिर्ता जाउ’,‘नेपाली भूमि मिच्न पाइँदैन’,लगायत प्लेकार्ड बोकेर भारतीय रवैयाविरुद्ध प्रदर्शन गरेका थिए ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । यसको विरोधमा केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा प्रदर्शन भइरहेका छन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया