नेपालले आफ्नो नक्सा जारी नगर्दा अहिलेको अवस्था आयो, अब ह्यान्ड ब्रेक लगाउनुपर्छ : सीमाविद् श्रेष्ठ

पहिलोपोष्ट

काठमाडौँ

वैशाख २६ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरे जसमा कालापानी, लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडकको भिडियो कन्फ्रेन्सबाट उद्घाटन गरेको जानकारी थियो। त्यसपछि धेरैले प्रश्न गरे, 'नेपाल सरकारलाई यसबारे जानकारी छ कि छैन?'

त्यस्तै प्रश्नको सामना परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतवारको संसद बैठकमा गर्नुपर्‍यो। उनले सरकारलाई थाहा भएको सांसदहरुलाई जवाफ दिए। यसै विषयमा नेपालको परराष्ट्र मन्त्रालयले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेपछि भारतले पनि त्यसको जवाफ दिइसकेको छ। सडक निर्माण गरेको क्षेत्र आफ्नो भएको दाबी छ, भारतको।

भारतले यसअघि पनि नेपालको कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो। फेरि अहिले कोरोना महामारीको संकट झेलिरहेका बेला किन नेपालको भूमिमा सडक निर्माण गरेर उद्घाटन गर्‍यो? समाधानका लागि नेपाललसँग कस्ता खालका विकल्प छन्? सरकारीस्तरबाट अहिलेसम्म कस्ता पहल भए? यिनै सेरोफेरोमा सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग गरिएको कुराकानी :

प्रकाशित मिति: : 2020-05-12 07:46:20

प्रतिकृया दिनुहोस्