चार महिनामा बल्ल १६ हजार परीक्षण, किन यो कछुवा ताल?

देशसञ्चार

काठमाडौँ

प्रतिभा चन्द

सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि देशभर लकडाउन गरेको छ। यो समयमा कुनै व्यक्ति एक अर्कासँग घुलमिल हुन पाएका छैनन्। घरबाट बाहिर निस्कन पाएका छैनन्। एक अर्कासँग दुरी कायम गरिरहेका छन्।

लकडाउन गरिएको यही समयमा सरकारले कोरोना भाइरसको परीक्षणलाई तीव्र गतिमा बढाउनुपर्ने भए पनि परीक्षण सुस्त भइरहेको विज्ञहरुले बताएका छन्। सरकार आफैले तीव्र र व्यापक रुपमा परीक्षण अगाडि बढाउन भने पनि परीक्षण त्यसरी हुन सकेको छैन। नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको चार महिना बितिसक्दा पनि पोलिमरेज चेन रियाक्सन (पीसीआर) बाट १६ हजार नमूनामात्र परीक्षण भएका छन्।

त्यस्तै र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) बाट ५५ हजार नमुना परीक्षण भएका छन्। तर यो विधि पीसीआर जस्तो भरपर्दो छैन। इङ्ल्याण्डमा एउटा अनुसन्धान भएको थियो। पीसीआर पोजेटिभ आएको ठाउँमा आरडीटी परीक्षण गर्दा १० प्रतिशत केसमा आरडीटीमा पोजेटिभ देखिएको थियो। यसको मतलब कोरोना लागे पनि १० प्रतिशत मानिसले मात्रै एन्टिबडी फरमेसन गर्ने रहेछ भन्ने देखाएको छ।

प्रकाशित मिति: : 2020-05-11 08:36:36

प्रतिकृया दिनुहोस्