गभर्नर अधिकारीको सम्पत्ति- १० ठाउँमा जग्गा, करोडको सेयर, १३ लाख नगद, २७ तोला सुन

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार गभर्नर अधिकारीको १० ठाउँमा जग्गा रहेको छ । कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा जग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख छ ।

गभर्नर अधिकारीको ललितपुरको सैंबुमा २२०० वर्गफिटमा बनेको घर रहेको छ । उनको ललितपुरको ५ ठाउँमा, झापामा ४ ठाउँमा जग्गा छ भने मकवानपुरको एक ठाउँमा जग्गा छ । उनको बैंक तथा वित्तीय संस्थाको खातामा १३ लाख रुपैयाँभन्दा बढी नगद रहेको उनले उल्लेख गरेका छन् ।

उनले विभिन्न कम्पनीहरुको १ करोड ७ लाख रुपैयाँमा किनेको सेयर (किनेको मूल्य) रहेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । अधिकारीले चल सम्पत्तिको रुपमा सुन २७ तोला, चाँदी ५० तोला रहेको देखाएका छन् । उनको सम्पति विवरणमा केही ऋणसमेत रहेको देखाएका छन्  । 

हेर्नुस् गभर्नर अधिकारीकाे सम्पत्ति विवरण :

प्रकाशित मिति: : 2020-05-05 18:16:12

प्रतिकृया दिनुहोस्