पाकिस्तानमा कोरोना भाइरसबाट झण्डै १९ हजार संक्रमित

एजेन्सी

काठमाडाै‌ं

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा संक्रमितको संख्या झण्डै १९ हजार पुगेको छ । 

पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १८ हजार ८०९ जना संक्रमित भएका हुन् । 

त्यसैगरी कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३२ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  

पछिल्लो विवरण अनुसार पञ्जाब प्रान्तमा छ हजार ८५४ जना, सिन्धमा सात हजार १०२ जना, केपीमा दुई हजार ९०७ जना र बालुचिस्तानमा एक हजार १७२ जना संक्रमित भएका छन् । 

पछिल्लो २४ घण्टामा १८ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । तीमध्ये १५ जना त चिकित्सक नै रहेका छन् ।

प्रकाशित मिति: : 2020-05-03 18:12:53

प्रतिकृया दिनुहोस्