बुधबार, १७ डिसेम्बर २०२५

क्यानडामा ५३ हजार ६५७ काेराेना संक्रमित फेला

News Image
• • •

क्यानडामा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ।

सरकारी तथ्यांक अनुसार अहिलेसम्म मुलुकभर ५३ हजार ६५७ संक्रमित फेला परिसकेका छन्। साथै तीन हजार २२३ जना मानिसको मृत्यु भइसकेको छ। 

क्यानडामा कोरोनाबाट मृत्यु हुनेमा ८९ प्रतिशत ७० वर्ष वा सोभन्दा बढी उमेरका मानिस छन्। 

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरलाई कोरोना भाइरसको संक्रमण देखिएको थियाे। पत्नीमा संक्रमण देखिएपछि प्रधानमन्त्री पनि १४ दिनसम्म आइसोलेसनमा बस्ने भएका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!