एजेन्सी
मध्यक्रमका ब्याट्सम्यान उस्मान ख्वाजाको सम्झौता नवीकरण नहुँदा अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्क छक्क परेका छन्। क्रिकेट अस्ट्रेलियाले शुक्रबार सार्वजनिक गरेको खेलाडीहरूको बार्षिक सम्झौता पत्रमा उस्मानको नाम थिएन।
यसको लगत्तै क्लार्कले उस्मानलाई सम्झौताबाट बाहिर राख्ने बोर्डको निर्णयप्रति आश्चर्य जनाएका थिए।
बोर्डले यस वर्ष आयोजना हुने आइसीसी टि–२० विश्व कपलाई ध्यानमा राखेर सम्झौता बनाएको जानकारी दिएको छ।
ख्वाजाले अस्ट्रेलियाबाट हालसम्म ९ टि–२० मात्र खेलेका छन्। २०१६ मा उनले अन्तिम टि–२० मा सहभागिता जनाएका थिए। अस्ट्रेलियालाई विश्व च्याम्पियन बनाइसकेका कप्तान क्लार्कले बिग स्पोर्ट्स ब्रेकफास्टलाई अन्तर्वार्ता दिँदै भने, ‘यति प्रतिभावान खेलाडीको समझौता नवीकरण नगरिएको विषयलाई लिएर म स्तब्ध छु। गत १० वर्षमा उनले अस्ट्रेलियाका लागि थुप्रै रन बनाएका छन्। उनको नाम टप १० खेलाडीको सूचीमा समेत छ।’
पछिल्लो समय ख्वाजा र अस्ट्रेलियाका प्रमुख प्रशिक्षक जस्टिन लेगरबीच केही मतभेद देखिएको थियो। यसै कारण उनलाई सम्झौताबाट बाहिर राखिएको हल्ला छ। तर, क्लार्कले यो विषय कै कारण ख्वाजालाई बाहिर राखिएको भन्ने कुरा अस्विकार गरे। उनले भने, ‘उनलाई सम्झौता बाहिर राख्ने काम नीजि विषय हुन सक्दैन। मलाई लाग्दैन जस्टिन लेगर यस किसिमको काम गर्छन।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया