इसीबीद्वारा ब्याजदरममा परिवर्तन नगर्ने, कोभिड–१९ सँग जुझ्न कार्यक्रमको घोषणा

बिएल संवाददाता

फ्र्याङ्फर्ट

यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले बिहीबार यूरो क्षेत्रको लागि प्रमुख ब्याजदरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ । ईसीबीले कोरोनाभाइरस सङ्क्रमणको महामारीविरूद्ध जुझ्न नयाँ उपायहरूको श्रृङ्खला प्रस्तुत गरिने बताएको छ ।

ईसीबीको प्रशासनिक परिषद्ले यूरोप क्षेत्रको आधार व्याज दर शुन्य प्रतिशत रहने बताएको छ भने सिमान्त कर्जा र निक्षेप दरलाई क्रमशः ०.२५ प्रतिशत र ०.५० प्रतिशत नै कायम रहने छ ।

“हामीले हाम्रा मुख्य ब्याज दरलाई ऐतिहासिक तल्लो तहमा राखेका छौँ अर्थात् कर्जा दर निम्न रहेको छ,” ईसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैंकले एक फरक विज्ञप्तिमा कोभिड–१९ सँग जुझ्ने उपायका लागि कार्यक्रम पनि घोषणा गरेको छ ।

यूरो क्षेत्रमा तरलतालाई सामना गर्न ईसीबीलक्षित दीर्घकालीन पुनर्वित्त कार्यक्रमको नयाँ शर्त र उपायहरू प्रस्ताव गरेको छ । उसले गैर–लक्षित महामारीको आपतकालिन र्दीर्घकालीन पुनर्वित्त कार्यक्रमहरू पनि छलफलका लागि पेश गरेको छ, जुन सन् २०२० को मे महिनामा शुरू भई सन् २०२१ को जुलाई–सेप्टेम्बरसम्मका लागि लागु हुनेछन् ।

हालै घोषणा भएका उपायहरूलाई यूरोपेली केन्द्रीय बैंकको कोरोनाभाइरसको प्रभाव विरूद्धको बृहत् कार्यक्रम भनिएको छ । यसका लागि सात खर्ब ५० अर्ब यूरो (करिब आठ खर्ब १६ अर्ब अमेरिकी डलर) बजेटको घोषणा गरिएको छ र उक्त बजेट खासगरी महामारीका समय भाइरस सङ्क्रमणविरूद्ध लड्न चाहिने आपतकालीन खरिद् कार्यक्रममा खर्च गरिने गत बताइएको छ ।
 

प्रकाशित मिति: : 2020-04-30 21:21:32

प्रतिकृया दिनुहोस्