बिएल संवाददाता
बुधबार सत्तारूण दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई छुट्टा छुट्टै ठाउँका वडाध्यक्षको निधन भएको छ।
बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर चौधरी र बागलुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको निधन भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित चौधरीको उच्च रक्तचापका कारण भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको गेरूवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिए।
यस्तै आगलागीमा परी गम्भीर घाइते भएका खनालको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए।
छिमेकी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजारमा रहेको शर्माको पसलमा यही वैशाख ८ गते आगलागी हुँदा खनाल, उनकी श्रीमती रूपा र छोरा सञ्जय घाइते भएका थिए। सोही घटनामा परी शर्माका कान्छा छोरा १५ वर्षीया समीरको घटनास्थलमै ज्यान गएको थियो ।
खनालसहित घाइते तीनै जनालाई सोही दिन पाल्पाको मिसन अस्पताल हुँदै थप उपचारका लागि काठमाडौँ पुर्यायाइएको थियो।
खनालकी श्रीमती र छोरा सञ्जयको अवस्था भने सुधारोन्मुखछ । आगलागीका कारण पसलसहित घर पूर्णरुपमा क्षति भएको छ। खनाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया