बिएल संवाददाता
अमेरिकामा कोरोना कहरका बारेमा यसै भन्न सकिने अवस्था छैन। कुनै दिन अप्रत्यासित कम संख्यामा कोरोना संक्रमितको निधन भएको पाइन्छ भने कुनै दिन फेरि ह्वात्तै बढेको पाइन्छ।
यो सप्ताहान्त यताका तथ्यांक हेर्दा शनिबार २,०६५ को निधन भएको थियो भने आइतबार त्यो घटेर १,१५७ मा झर्यो। यो तथ्यांकले अब अमेरिका कोरोना कहरबाट मुक्त हुने दिशामा लागेजस्तो देखिएको थियो तर सोमबार फेरि संख्या बढेर १,३८४ पुग्यो। मंगलबार यो समाचार तयार पारिरहेको बेला त त्यो संख्या बढेर १,७७१ पुगिसकेको छ। अझै चार घण्टा बाँकि रहेको मंगलबार मृतकको संख्या दुई हजार उकालो लाग्ने अनुमान गर्न सकिन्छ।
अमेरिकामा कोरोना कहरको इपिसन्टर रहँदै आएको न्युयोर्कमा कोरोना कहर थामिएको तथ्यांक बाहिरिएको छ। मंगलबार यो समाचार तयार पारिरहेको बेला न्युयोर्कमा २४३ को निधन भएको छ भने २,३३० नयाँ विरामी भेटिएका छन्। तर, सँगैको छिमेकी राज्य न्युजर्सीमा ३९८ को मृत्यु भैसकेको छ भने २,६६८ नयाँ विरामी भेटिएका छन्। यो तथ्यांकले कोरोनाको इपिसेन्टर न्युयोर्कबाट न्युजर्सीतिर सर्न लागेको संकेत गरेको छ।
तर, कोरोनाको इपिसेन्टर मानिएको न्युयोर्कमा भने मृतकको संख्या निरन्तर र अप्रत्यासित रूपमा घटेको छ। एक दिनमा एकहजारभन्दा बढी मानिसको मृत्यु हुने न्युयोर्कमा मंगलबार यो समाचार तयार पारिरहेको बेला २४३ जनाको मात्र मृत्यु भएको छ।
यसैवीच छिमेकी राज्य न्यु जर्सीले एकैदिन मर्ने संख्यामा न्युयोर्कलाई पछि पारेको छ।यो समाचार तयार पारिरहेको बेला न्यु जर्सीमा ३९८ को मृत्यु भैसकेको छ। नयाँ संक्रमित संख्यामा पनि न्युजर्सीले न्युयोर्कलाई जितेको छ। मंगलबार न्युयोर्कमा २३३० नयाँ विरामी भेटिदा न्यु जर्सीमा त्यो संख्या २६६८ पुगेको छ।
अमेरिकामा ५८,५६८को मृत्यु भएकोमा न्युयोर्क राज्यमा मात्र २२,८४४ को मृत्यु भएको छ। १४०,१३८ कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
कोरोना भाइरस संक्रमितको संख्या भने १० लाख २९ हजार उकालो लागेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया