दक्षिण अफ्रिकी राष्ट्रपतिलाई शुभकामना दिँदै किमले पठाए पत्र

बिएल संवाददाता

काठमाडाै‌ं

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई लेखेको पत्र उत्तरका मिडियाले प्रकाशन गरेका छन्।

किम जोङ उनको स्वास्थ्य अवस्थाको विषयलाई लिएर विभिन्न हल्ला चलिरहेको अवस्थामा उत्तर कोरियाली सञ्चारमाध्यमले उनले पठाएको पत्र सार्वजनिक गरेको हो। अप्रिल १५ मा उनी आफ्ना हजुरबुबाको जन्म जयन्तीको कार्यक्रममा उपस्थित नभएसँगै उनको स्वास्थ्यको विषयमा विभिन्न किसिमको हल्ला चल्न शुरु भएको थियो।

यही २७ अप्रिल आइतबार उनले लेखेको पत्र भोलिपल्ट सोमबार प्रकाशन भएको हो। नेता किमले दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति रामाफोसालाई सोही पत्रमार्फत बधाइ दिएका हुन्।

किमले पत्रमा  दक्षिण अफ्रिकी राष्ट्रपतिलाई स्वतन्त्रताको शुभकामना दिँदै दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत हुने अपेक्षा व्यक्त गरेका छन्।

दक्षिण अफ्रिकामा स्वतन्त्रता दिवस मनाइँदै सोमबार सार्वजनिक बिदा पनि दिइएको छ। 
 

प्रकाशित मिति: : 2020-04-28 14:33:12

प्रतिकृया दिनुहोस्