बिएल संवाददाता
नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि गरेको बन्दाबन्दीका कारण समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन म्याग्दीको मालिका गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ।
‘उपाध्यक्षसँग सुत्केरी भेटघाट’ कार्यक्रमअन्तर्गत पोषण सुधारका लागि २०७६ साउनयता सुत्केरी भएकालाई घ्यु, अण्डा, ज्वानो र मेथी उपलब्ध गराएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन्।
'पोषण सुधारका लागि सुत्केरीलाई घ्यु र अण्डा लिएर भेट्न जाने कार्यक्रम बनाएका थियौँ' उनले भनिन्, 'लकडाउनका कारण पोषिला खानेकुराको अभाव हुन सक्ने भएकाले वितरण गर्न थालेका छौँ।'
गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यु, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरेको छ।
मालिका–३ डाँडागाउँका २० सुत्केरीलाई आइतबार घ्यु र अण्डा वितरण गरेर कार्यक्रम शुरु गरिएको थियो। प्रतिव्यक्ति आधा लिटर घ्यु र एक क्रेट अण्डा उपलब्ध गराइने उपाध्यक्ष बिटालुले बताइन्।
'विसं २०७७ असार मसान्तसम्म सुत्केरी हुनेले यो सुविधा पाउनेछन्'उनी भन्छिन्, 'साउनदेखि असारसम्म सुत्केरी हुने ४०० जनाको अभिलेख तयार पारिएको छ।'
पहिलो चरणमा गर्भावस्थाको जोखिम न्यूनीकरण र पोषण सुधारका लागि ‘घरघरमा झण्डा, हातहातमा अण्डा’ अभियान सञ्चालन गरिएको थियो। गर्भवती पहिचान, आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिउन भन्ने उद्देश्यले घरमा हरियो रङ्गको झण्डा राखेर एक÷एक क्रेट अण्डा दिइएको उनको भनाइ छ।
गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श दिने गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तु कार्कीले बताए। 'बच्चाको ७५ प्रतिशत मानसिक तथा वौद्धिक विकास गर्भमै हुन्छ' उनले भने।
यसैगरी संस्थागत र सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन सुत्केरी हुन बर्थिङ सेन्टर जानेलाई प्रोत्साहन भत्ता र पालिका बाहिर जानुपर्ने अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ।
मालिका गाउँपालिकाको सातवटै वडामा सञ्चालन हुने यो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ। यस्तै अन्नपूर्ण गाउँपालिकाले लकडाउनबाट प्रभावित भएकालाई राहत वितरणका क्रममा चामल, दाल, नून, तेलसँगै अण्डासमेत उपलब्ध गराएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया