निरज शाहीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ताको जिम्मेवारी नायब महानिरिक्षक (डीआईजी) निरज शाहीलाई दिएको छ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सम्प्रेषणका लागि शाहीलाई प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ। 

यसअघि प्रहरी प्रवक्ता रहेका शैलेश थापा क्षेत्री प्रहरी अतिरीक्त महानिरीक्षकमा बढुवा भएपछि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी प्रवक्ताका रुपमा काम गर्दै आएका थिए। यसअघि शाही नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखमा थिए।

प्रकाशित मिति: : 2020-04-26 20:00:38

प्रतिकृया दिनुहोस्