बिएल संवाददाता
नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा शनिबार छलफल हुँदा पार्टी कमिटीका बैठकहरु डाकेर समाधान खोज्न सुझाव दिएको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्रीसँगको भेटवार्ताबारे आइतबार प्रेस नोट जारी गर्दै उनले आफूले सुझाव दिँदा प्रधानमन्त्रीले सुनेको र थोरै मात्र बोलेको जानकारी दिए ।
‘हिजो (१३ गते) प्रधानमन्त्री केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ’, उपाध्यक्ष गौतमद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो।’
उपाध्यक्ष गौतमले अध्यादेश खारेज गरिएपछि पनि पार्टीभित्र अनेकौँ समस्या रहेको र ती समस्याको हल पार्टीभित्रै छलफल गरेर गर्नुपर्ने आफूले प्रधानमन्त्रीलाई सुझाब दिएको बताएका छन्। ‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन्। यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ’, उपाध्यक्ष गौतमले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस्। सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाब दिएको हुँ।’
गौतमले भनेका छन्, ‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ। भएको यत्ति हो। सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया