मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको हाे।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि  गएको चैत ११ गतेदेखि लागु भएको लकडाउनको अवधी सोमबार बिहान सकिँदै छ ।

यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो ।
 

प्रकाशित मिति: : 2020-04-26 10:07:51

प्रतिकृया दिनुहोस्