भारतकी प्रथम महिला मास्क सिलाउँदैछिन, नेपालकाको के कुरा भयो र ?

बिएल संवाददाता

नयाँदिल्ली- भारत

यो तस्बिर हो भारतकी प्रथम महिला सविता कोविंदको। झट्ट देख्दा कसैलाई विश्वास नलाग्न सक्छ। कसैलाई यो फेसबुके पोजको तस्बिर हो भन्ने पनि लाग्न सक्छ। तर, यथार्थमा यो त्यस्तो हैन।

भारतकी राष्ट्रपति रामनाथ कोविंदकी श्रीमती सविता कोविंद  राष्ट्रपति कार्यालयको शक्ति हाटमा मास्क सिइरहेकी छिन्। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महंगा हैन, सस्ता घरमै तयार गरिएका मास्क लगाउन आव्हान गरेपछि उनले मास्क सिलाउन सुरू गरेकी हुन्। 

आफैंले सिलाएको मास्क लगाएर मास्क सिलाइरहेकी राष्ट्रपति पत्नीलाई देखेपछि भारतबासीमा उनीप्रतिको सम्मान बढेको छ। 

कोरोनाविरूद्धको लडाईमा भारतीय प्रधामन्त्री मोदी भिडिरहेको बेला यता नेपालका प्रधानमन्त्री र राष्ट्रपति भने बेमौसमको बाजा बजाउँदै अध्यादेश जारी गर्ने, पार्टी फुटाउने, शक्ति हत्याउने खेलमा लागेका छन्। 

उनले सिलाएका मास्क राजधानी नयाँदिल्लीका विभिन्न सेक्टरमा वृद्धवृद्धालाई दिइने बताइएको छ।

कोरोना कहरविरूद्धको लडाइँमा प्रथम महिलाले एक हैन, ठूलो संख्यामा मास्क सिलाएर जनतामा पठाउने कुरा भनेको चानचुने कुरा हैन। 

नेपालमा राष्ट्रवादी हुन भारत र मोदीको विरोध गर्नुपर्ने बाध्यता छ। तर, यथार्थमा कोरोना महामारीसँग जुध्ने क्रममा मोदीले जुन नेतृत्व लिएर आम भारतीय नागरिकलाई उत्प्रेरित गरेका छन्, त्यो अनुकरणीय छ। 

कोरोनाविरूद्धको लडाईमा भारतीय प्रधामन्त्री मोदी भिडिरहेको बेला यता नेपालका प्रधानमन्त्री र राष्ट्रपति भने बेमौसमको बाजा बजाउँदै अध्यादेश जारी गर्ने, पार्टी फुटाउने, शक्ति हत्याउने खेलमा लागेका छन्। 

प्रकाशित मिति: : 2020-04-24 05:02:59

प्रतिकृया दिनुहोस्