भोजपुरमा एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। हतुवागढी गाउँपालिका ६ का २६ वर्षीय युवकमा कोरोनाको संक्रमण फेला परेको हो।
उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको गाउँपालिका प्रमुख प्रेमकुमार राईले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसको पुष्टि गरेको छ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार योसँगे देशमा कोभिड–१९ संक्रमितको संख्या ४८ पुगेको छ।
यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।
बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।