समस्या सरकारले ल्याएका अध्यादेशमा हाेइन, यसलाई हेर्ने दोषी चस्मा हाे: गोकुल बाँस्कोटा

पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले सरकार र प्रधानमन्त्री केपी शर्मा ओली को बचाउँ गरेका छन्।

पूर्वमन्त्री बाँस्कोटाले ट्वीटरमार्फत् सरकारले ल्याएका  ‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मा समस्या नभएको बताए। उनले सरकारले ल्याएका अध्यादेशमा समस्या नभएर यसलाई हेर्ने दोषी चस्मामा समस्या भएको उनको दाबी गरे। 

सोमबार राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी ल्याएको विधेयक पार्टीको धोक्रोको मुख कति खुकुलो अथवा कसिलो छ भन्ने हेरे नल्याएको दाबी उनको छ। 

‘राज्यप्रणाली मजबुत बनाउने काम कुन पार्टीको धोक्रोको मुख कति खुकुलो अथवा कसिलो छ भन्ने हेरेर गरिदैन’, बाँस्कोटाले ट्वीटमा लेखेका छन्, ‘कसैकसैलाई मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने त्यो उनीहरुकै समस्या हो। समस्या अध्यादेशमा होइन, उनीहरुको दोषि चश्मामा छ।’  

प्रकाशित मिति: : 2020-04-21 16:20:23

प्रतिकृया दिनुहोस्