का‌ंग्रेसले सामाजिक संजालमा कालाे झण्डा देखाएर सरकारकाे विराेध गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली का‌ंग्रेसको पदाधिकारी बैठकले सरकारलाई पछिल्ला निर्णय फिर्ता नगर्न सामाजिक संजालमार्फत विरोध गर्ने भएको छ।

मंगलबार विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको सहमहामन्त्री प्रकाश शरण महतले बिएल नेपाली सेवालाई जानकारी दिए ।
 
जनता कोरोनाको सन्त्रासमा रहेका बेला सत्ताको खेल बन्द गर्न नगरे हामी विरोध गर्छौं। कांग्रेसले समाजिक सञ्जालबाट कालो झण्डा देखाउने लगायका कार्य अगाडि बनाउन लागेकाे छ,’ उनले भने।

उनका अनुसार सामाजिक सञ्जालमा कांग्रेसले सार्वजनिक गरिएको कालो झण्डामा लेखिएको छ, ‘प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा!’ 

उक्त अध्यादेश सोमबार नै राष्ट्पतिबाट जारी सोमबारबाटै कार्यान्वयनमा आइसकेको छ । यसबारे कांग्रेसले बुधबार सरकार बाहिर रहेका दलहसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

सरकारले निर्णय फिर्ता नलिए कानुनी बाटोमा जानेबारे पनि छलफल भएको उनको भनाइ छ । 

प्रकाशित मिति: : 2020-04-21 13:18:09

प्रतिकृया दिनुहोस्