मानेभञ्ज्याङ गाउँपालिका– ४ केत्तुकाका जनप्रतिनिधिले आफूले खाजा खर्चबापत पाउने रकमबाट विपन्नलाई खाद्य पदार्थ सहयोग गरेका छन्।
वडाध्यक्ष र सदस्यले नेपाल सरकारबाट खाजा तथा सवारी खर्च शीर्षकमा पाउने तीन महिनाको रकम स्थानीय अतिविपन्न तथा श्रमिक ९५ परिवारलाई खाद्य पदार्थ सहयोग गरेका हुन्।
वडाका विपन्नलाई प्रतिपरिवार ३० केजी चामल, दाल, नुन, तेलसहितका दैनिक उपभोग्य सामग्री वितरण गरिएको वडाध्यक्ष सन्तबहादुर तामाङले जानकारी दिए।
उनीसहित सदस्य नवीन राई, टंकप्रसाद राई, सरिता तामाङ र सुन्तली विकले आफूले पाउने रकम जम्मा गरेर गाउँलेका लागि राहत सहयोग गरेको उनको भनाइ छ।