क्याबिनेट सकिनेवित्तिकै पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै भेला, गृहमन्त्री सहभागी भएनन्

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ।

मन्त्रिपरिषद्ले पार्टी विभाजनको लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने अध्यादेश जारी गर्ने निर्णय गरेपछि पूर्वमाओवादी मन्त्रीहरुको बैठक ऊर्जामन्त्री वर्षमान पुनको कार्यकक्षमा बसेको हो। 

स्रोतका अनुसार बैठकमा लेखराज भट्ट, विना मगर, शक्ति बस्नेतलगायत उपस्थित थिए। गृहमन्त्री रामबहादुर थापा भने उक्त बैठकमा सहभागी थिएनन्।

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो।

पछिल्लो घटनाक्रम हेर्दा नेकपाभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ।

पूर्वमाओवादी मन्त्रीहरुको बैठक सकिएलगत्तै ऊर्जामन्त्री वर्षमान पुन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भेट्न खुमलटार पुगेका छन्।

प्रकाशित मिति: : 2020-04-20 16:33:44

प्रतिकृया दिनुहोस्