गुल्मीको चन्द्रकोटस्थित एउटा किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका १५ वर्षिय छोरा समिर खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।
चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलका अनुसार आगलागीमा परेर सोही परिवारका तीन जना घाइते भएका छन्।
पसलबाट डिजल, पेट्रोलसमेत बिक्री गर्दै आएकाले आगो निभाउन समय लागेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ।