अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेका छन्।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि सवारी साधनहरु बन्द भएकाले उहाँले कठिन यात्रा गर्नु परेको थियो। उनले यात्राका क्रममा कतै पैदल त कतै ट्याक्सीको प्रयोग गरेको बताइएको छ।
यात्राका क्रममा झण्डै छ राज्य पार गरेकी ५० बर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।
उनीसँगै एक नातीनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका हुन्। यो यात्राका लागि उनीहरुलाई तीन दिन लागेको थियो।
लामो यात्रा गरेकी शिलम्मन वासनले जोधपुरबाट पीटीआईसँग कुराकानी गर्दै आफ्नो छोराको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिए।
आफ्नो २९ बर्षीय छोरो अरुण कुमारको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनले बताए। छोरो अरुणलाई मांशपेसीसम्वन्धी रोग लागेको उनको भनाइ छ।
‘भगवानको कृपाले कुनै ठूलो समस्या विना नै हामी यहाँ आइपुग्न सफल भयौँ,’ उनले भने।
उनले आफुहरु केरलाबाट तमिल नाडु, कर्नाटक, महाराष्ट्र, गुजरात हुँदै राजस्थानको जोधपुरसम्म आइपुगेको जानकारी दिए।
उनीहरु अप्रिल ११ मा हिडेर अप्रिल १४ मा जोधपुर पुगेका हुन्। जोधपुरमा सिमा सुरक्षा बल (विएसएफ)मा जवानकोरूपमा कार्यरत अरुण कुमार विदा मनाउन गत फेब्रुअरीको अन्त्यतिर आफ्नो घरगाउँ आउएका थिए। घरबाट फर्केपछि उनी विरामी परेकी हुन्। उनलाई शुरुमा पखाला लागेको बताइएको थियो।
विरामी अरुण कुमारको केरलामा एक बर्षीय बच्चा पनि छ।