बुधबार, १७ डिसेम्बर २०२५

कोभिड-१९ : कर्णाली प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य

News Image
• • •

कोभिड–१९ को जोखिम रोक्नका लागि गरेको लकडाउन जारी रहेपछि कर्णाली प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गरिएको छ।

 प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रदेशसभा बैठक फागुन २७ गतेदेखि बस्न नसकेको भन्दै उनले भने, 'प्रदेश सरकारको सिफारिसमा अधिवेशन अन्त्यको घोषणा गरेको हो।'

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि शुरु भएको थियो। विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६ वटा बैठक सम्पन्न भए। प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधिन ८ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो। तर कोभिड १९ द्वारा सिर्जित समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन सकेन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!