बिएल संवाददाता
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पेट्रोलियम व्यवसायीले १० लाख रुपैयाँ सहयोग गरेका छन्। पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले ५ लाख र पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख गरी कुल १० लाख रुपैयाँको चेक बुधबार हस्तान्तरण गरेका हुन्।
एसोसिएसन अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान र महासंघ अध्यक्ष खगेश्वर बोहराले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई बुधबार सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा मन्त्रालयका सचिवद्वय चन्द्र घिमिरे तथा वैकुण्ठ अर्याल र नेपाल आयल निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलको समेत सहभागिता थियो ।
नेपालमा पछिल्लो समय बढ्दै गएको संक्रमण नियन्त्रणका लागि सरकारले चालेको काममा सहयोग पुग्ने गरी आर्थिक सहयोग गरेको प्रधानले बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया